skip this farak Kura Pravakar

ट्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

1.53K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
   स्याङ्जाको आँधीखोला गाउँपालिका-५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा गए राति पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
   बिहीबार साँझ साढे ५ बजेको समयमा ओरालोमा रोकिराखेको ट्याक्टर आफैँ अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630