skip this

ओछ्यान मुनि बारा प्रहरीले फेला पार्याे ८५ हजार नक्कली नोट

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नक्कली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ८२ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित बारा सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोलस्थित नुनियाको घरमा खानतलासी गर्ने क्रममा नक्कली नोट बरामद गरेको हो ।

ओछ्यान मुनि लुकाइ राखिएको अवस्थामा एक हजार दरका ८१ वटा र पाँच सय दरका तीन थान नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630