skip this

साैतेनी आमाले नागरिकता बनाउन दबाब दिएपछि छाेराले खुकुरीले घाँटीमा हानेर गरे हत्या

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- बाराकाे कलैयामा खुकुरी प्रहार गरेर छाेराले साैतेनी आमाकाे हत्या गरेका छन् ।

कलैया उपमहानगरपालिका ७ रंगपुर टाेलका २५ वर्षिय जय किशाेर यादबले आमा ततरी देवीकाे हत्या गरेका हुन् ।

तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको देखिएको प्रहरीले जनाएको छ ।
विवादका क्रममा जय किशाेरले ३० भदौमा आमाकाे घाँटीको अगाडी भागबाट खुकुरी प्रहार गरेको थिए । खुकुरी प्रहारबाट तेतरी देवीको घटनास्थलमा मृत्यु भएको थियाे ।

घटनापछि जय किशोर फरार भएका थिए । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको खोजतलास टोलीले पर्साकाे ईनर्वाबाट शुक्रबार पक्राउ गरेकाे छ ।

प्रहरीले उनका बुवा शिवनारायण यादवलाई घटनाकै भाेलि पल्ट ३१ भदाैमा नियन्त्रण लिएकाे थियाे । पक्राउ परेका दुवैजना उपर बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेकाे बारा प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

अंश दिनुपर्ने भएपछि..

प्रहरीका अनुसार तेतरी देवीको करिव ३० वर्ष अगाडी शिवनारायण यादवसँग विवाह भएको थियाे । तेतरी देवीको कोखबाट कुनै सन्तानको जन्म भएन् ।

तेतरी देवीले नागरिकता बनाउनको लागि पटक/पटक आग्रह गरेको गर्दै आएकी थिईन् । शिव नारायण यादवले कान्छी श्रीमती तथा छोरा जय किशोर यादवको दबाबमा नागरिकता बनाउन आलटाल गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

नागरिकता बनाएको खण्डमा तेतरी देवीलाई अंश दिनुपर्ने भएपछि विवाद हुने गरेकाे थियाे ।

nijgadh-supermart-adz1200-630