skip this

टिकाको दिन बाहेक दशैं अवधिभर निजगढका स्वास्थ्य संस्था खुला रहने

2.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढका स्वास्थ्य संस्था दशैं अवधिमा अधिकांश दिन निजगढ ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खुल्ने भएको छ ।

निजगढ नगर प्रमुख सुरथ पुरीको निर्देशनमा दशैंको टिकाको दिन बाहेक अरु दिन केन्द्र खुल्ने भएका हुन् ।

नगर क्षेत्रभित्र डेंगु र मौषमी विरामीको संख्या बढ्दै गएपछि नगर प्रमुख पुरीले सार्वजनिक विदाको दिन पनि सेवा सञ्चालन गर्न लागिएको जनाएका छन् । उनले शनिबार एक सूचना जारी गर्दै असोज १६ देखि २१ गतेसम्म विहान १० बजेदेखि ३ बजेसम्म आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गरिने बताए । असोज १९ गते विजया दशमीको टिका थाप्ने दिन भने बन्द रहने छ ।

स्वास्थ्य केन्द्रमा सुरक्षित सुस्केरी सेवा र सर्पदंश व्यस्थापन सेवा २४ सै घण्टा यथावत सञ्चालन हुने मेयर पुरीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630