skip this farak Kura Pravakar

बोक्सीको आरोपमा भाउजुको हत्या

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : महोत्तरीमा दशैंको समयमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ भने अर्की एकलाई मलमुत्र खुवाएर दुर्व्यवहार गरेको खुलेको छ । महोत्तरी गाउँपालिका ३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शिलादेवी, देवर सञ्जय र देवरानी रिंकुसँगै बस्दै आएकी थिइन् । गत असारमा सञ्जयसँग बिहे गरेकी रिंकुसँग गर्भवती थिइन् । गर्भपतन भएपछि संजय जनकपुधरामस्थित रिंकुको हजुरआमाको घरमा बस्न थाले । त्यहाँ बस्दा पनि रिंकु बेलाबेला विरामी भइन् । अस्पतालमा चेकजाँच गराउन रोग पत्ता नलागेको भन्दै सञ्जयले पत्नी रिंकुलाई झाँक्री कहाँ लिएर गए । त्यस क्रममा रिंकु काम्न थालेको र आफूलाई शिलादेवीको दिवंगत छोरा कृष्णा हुँ भनेको सञ्जयको दाबी छ । त्यही कारण सञ्जयले भाउजुमाथि बोक्सीको आरोप लगाए र २७ असोजको साँझ ५ बजेतिर जनकपुरबाट साइकलमा मडईस्थित आई घरमा सुतिरहेकी शिलादेवीको हथौडा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । भाउजुको हत्यापछि उनी जनकपुर फर्किएका थिए ।
   महोत्तरी प्रहरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘उनलाई मारेपछि मात्र परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासको कारण शिलादेवीको हत्या गरेको देखिन्छ ।’
    भाउजु शिलादेवीलाई सापटी दिएको १२लाख ३९ हजार फिर्ता पनि नदिएको सञ्जयको दाबी छ । मलमुत्र खुवाई दुर्व्यवहार शिलादेवीको हत्या भएकै दिन सदरमुकाम जलेश्वरमा एक महिलामाथि दुर्व्यवहार भएको छ । जलेश्वर नगरपालिका–४ सुगा ४२ बर्षीया महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार भएको प्रहरीले जनाएको छ ।
    स्थानीय सिकिन्दर महतो सहितको समूहले उनलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाउनुका साथै केश मुण्डन गरेको पाइएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।
    सिकिन्दरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सिकिन्दर उनकी ३२ बर्षीया पत्नी पुरनी देवी, स्थानीय ६५ बर्षीया पत्नी प्रमिला देवी महतो र उनका २० बर्षीय छोरा अनिललाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630