वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक विदा
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ११:०३
1.63K
shares

खोटाङ-वडा सदस्यको निधनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको हो । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो ।
नेपालीको निधनपछि बिहिबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ११:०३

















