घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार २०:१०

वीरगञ्ज-वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो ।
बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो ।
नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एल.एस.न्युरो अस्पताल वीरगञ्जमा पठाइएको थियो । उपचारको क्रममा साँझ ५ बजे सजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
बालिकाको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार २०:१०

















