skip this

सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ

729 shares
oil-nigam-amlekhgunj-adv.jpeg

म्याग्दी : सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ ।
बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदाम पक्राउ परेका हुन् ।
उनीहरूमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।
एक्लै सुतिरहेकी महिलालाई ती युवकहरुले धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

nijgadh-supermart-adz1200-630