माइक्रोबस दुर्घटनामा १ को मृत्यु , १८ घाइते
वि.सं.२०७८ कात्तिक २३ मंगलवार २१:००
1.03K
shares

चौतारा : सिन्धुपाल्चोकमा आज भएको माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ।१८ जना घाइते भएका छन् ।
जिल्लाको बलेफी गाँउपालिका-५, विञ्जेलकी सरस्वती पराजुलीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
आज दिउँसो करिब १२ः२५ मा सदरमुकाम चौताराबाट काठमाडौं गइरहेको बा २ ख २६१२ नम्बरको माइक्रोबस पोखरेमा दुर्घटना हुँदा १९ जना घाइते भएका थिए।एक जनाको मृत्यु भएपनि बाँकीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार २१:००

















