skip this

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

648 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
     पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि उनको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
     तत्काल उद्धर गर्नु पर्ने भएकाले हेलिकोप्टर मगाएर कोहलपुर लगेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई नि:शुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ।
   अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १८ जना महिलाको हेलिकाेप्टरमार्फत उद्धार गरेको प्रजिअ मल्लले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630