जंगली हात्तीको आक्रमणबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

399 shares

हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् ।

अधिकारीको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

आक्रमणपछि गम्भीर घाइते अधिकारीलाई चुरेहिल अस्पताल हेटौंडा ल्याइएको थियो ।

अस्पतालले थप उपचारका लागि दिउँसो चितवन रेफर गरेको थियो ।

हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका थिए।