किवानिज ईन्टरनेशनलकाे सञ्जालमा जाेडियाे बाराकाे निजगढ
वि.सं.२०७८ साउन २३ शनिवार १५:२२

बारा : बालबालिकाकाे क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था
किवानिज ईन्टरनेशनलकाे सञ्जालमा बाराकाे निजगढ पनि जाेडिएकाे छ ।
किवानिज ईन्टरनेशनलको नेपालमा ८६ क्लब सक्रिय छन् भने दुई हजारभन्दा बढी सदस्य छन् ।
निजगढका युवा विनोद भारतीकाे नेतृत्वमा २१ जना किवानिज ईन्टरनेशनल निजगढमा संगठित भएका छन् ।
क्लबलाई शुक्रबार साँझ तारा इन होटल निजगढमा एक समारोहबीच कीवानिज नेपालका वर्तमान गर्भनर मोहन लम्सालले निजगढमा पदस्थापना गराएका हुन् । कार्यक्रममा अध्यक्ष तथा पदाधिकारी सदस्यहरुलाई गर्भनर मोहन लम्सालले पिन हस्तान्तरण तथा सपथ ग्रहण गराएका थिए ।
परिचयात्मक तथा सपथग्रहण समारोहमाकाे पहिलाे सत्रमा होस्ट क्लव निलगिरी क्लबका प्रेसिडेन्ट भरत ढुङेल र दाेस्राे सत्रकाे नवनियुक्त चार्टर प्रेसिडेन्ट विनोद भारतीले अध्यक्षता गरेका थिए ।
कार्यक्रममा निवर्तमान गभर्नर लम्सालले बालबालिकाको क्षेत्रमा सामाजिक कार्य गर्ने तथा सहयोग गरिरहेकाे बताए ।
त्यस्तै कीवनिज़ अफ निलगिरीका प्रेसिडेन्ट भरत ढुंगेलले विगत देखि नै निजगढ संग अत्यन्तै निकट रहेको र आउँदा दिनमा किवनिज़ मार्फत अझ सामिप्यता बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कीवनीज़ डिस्ट्रिक नेपालका मास्टर ट्रेनर संजीव पाण्डेले ओरेन्टेशन क्लास दिए ।
कार्यक्रममा कीवनिजको उद्देश्य क्लबका सेक्रेटरी पवन श्रेष्ठले प्रकाश पारेका थिए ।
भारतीकाे अध्यक्षतामा रहेकाे क्लबकाे प्रेसिडेन्ट ईलेक्ट प्रेसिडेन्टमा दिपेन्द्र श्रेष्ठ, सचिवमा पवन श्रेष्ठ, कोषाध्यक्षमा खड्ग प्रसाद उप्रेती रहेका छन् ।
त्यसैगरी सदस्यहरु भरत ढुंगेल (लालबन्दी), प्रकाश रिमाल (काठमाण्डौ), रामचन्द्र जैसवाल, बिनोद कु. खरेल, निर्मला भारती, बिदुर खड्का, विकास लामा, खड्गराज मैनाली, रन्जन लामिछाने, नवराज लामा, नबराज गौतम, सुदिप तिमल्सिना, आकृति गौतम, सुस्मा भण्डारी, विकल्प भारती, बिराज भारती र सविना राउत रहेका छन् ।
कार्यक्रममा गर्भनर लम्साल, किवानिज ईन्टरनेशनलका भरत ढुङेगल, मास्टर ट्रेनर संजिब पाण्डे, युथ अफ निजगढका अध्यक्ष ईराज कोईराला, पत्रकार गोकुल घोरसाईने, माओवादी केन्द्रका जिल्ला सदस्य बेनी बहादुर मोक्तान, राप्रपा क्षेत्रिय अध्यक्ष बासुदेव तिमल्सिना लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण क्लवका कोषाध्यक्ष खडग प्रसाद उप्रेतीले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका निजगढ नगर सभापती महेशी कुमर, नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, फोटो पत्रकार महासंघका बारा अध्यक्ष जीतलाल श्रेष्ठ, जनता टेलिभिजन बाराका समाचारदाता उमेश सुनार, एभिन्यूजका बारा समाचारदाता ईन्दिप कोईराला लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०७८ साउन २३ शनिवार १५:२२

















