skip this

निजगढ ९ का जेष्ठ नागरिकलाई घरदैलाेमा स्वास्थ परीक्षण र सामाजिक सुरक्षा भत्ता

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिका वडा नं. ९ का जेष्ठ नागरिकलाई घरदैलाेमा स्वास्थ परीक्षण र सामाजिक सुरक्षा भत्ताकाे सुविधा पाएका छन् ।

वडा कार्यालयले ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई घरदैलाेमा स्वास्थ परीक्षण गरेकाे छ भने सामाजिक सुरक्षा भत्ता समेत घरमै नगदै उपलब्ध गराईएकाे वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीले बताए ।

बैशाख २६ देखि २८ गतेसम्म ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक र अशक्त व्यक्तिहरुको घर दैलोमा स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षाभत्ता वितरण कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा वडा सदस्य, सचिव सपना ढुंगाना, स्वास्थकर्मी लगायत सहभागी थिए ।

nijgadh-supermart-adz1200-630