कागेश्वरी मनोहराको गागलफेदीमा ३३ वर्षीया महिला मृत भेटिईन्
वि.सं.२०७८ पुस १२ सोमवार १६:४८
1.08K
shares

काठमाण्डौं : काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।
सडक किनारामा ३३ वर्षीया धनमाया तामाङलाई मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु शंकास्पद रहेको भन्दै त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ पुस १२ सोमवार १६:४८

















