skip this

लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेको अभियोगमा नेम्बाङ पक्राउ

753 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारी मृत्यु भएको थियो ।
उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । उपचारको क्रममा जीवन कुमारीको मृत्यु भएको प्रहरीले प्राप्त गरेसंगै जिल्ला प्रहरी कार्यालय पाँचथरले ईन्द्र कुमारको खोजी थालेको थियो ।
खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई पक्राउ गरेको हो । घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630