skip this bagdve 29 th

सिंगाैलका १९ वर्षिय युवक तीन दिनदेखि सम्पर्क विहीन

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिका-१ सिंगाैलका सुस्तमनस्थिति भएका युवक तीन दिनदेखि सम्पर्क विहीन भएका छन् ।

स्थानीय खड्गबहादुर विश्वकर्माका छाेरा १९ वर्षिय कृष्णबहादुर विश्वकर्मा कार्तिक ३० गतेबाट सम्पर्क विहीन भएका हुन् ।

घरबाट हराएका कृष्ण मानसिक र शारीरिक रुपमा अपांग छन् । उनकाे दायाँ हात प्यारालाइसिस छ । कालाे टिसर्ट र खैराे कट्टु लगाएका कृष्णले र्याल चुहाइरहन्छन् ।

कृष्ण बेपत्ता भएपछि परिवारजन र स्थानीय खाेजि कार्यमा लागेकाे संगम लाेप्चनले जानकारी दिए । उनकाे खाेजिमा सहयाेग गरिदिन परिवारजनले आग्रह गरेकाे छ । कतै फेला परेमा नजिककाे प्रहरी कार्यालय वा ९८४५०४२८४४ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630