skip this farak Kura Pravakar

स्याउला काट्न रुखमा चढेका चाेकटकाे शरिरमा ११ हजार भाेल्ट प्रवाह !

करेन्ट लागेर रुखमै गयाे ज्यान

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा-स्याउला काट्न रुखमा चढेका पर्सामा एक किसानकाे शरिरमा ११ हजार भाेल्ट प्रवाह भएको छ ।

पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ मनिहर्वाका चाेकट साह तेली बाख्राकाे लागि सयाउला काट्न मंगलबार दिउँसो १ बजेतिर रुखमा चढेका थिए ।

घर नजिकैको रुखबाट स्याउलाका हाँगा काट्ने क्रममा ११ हजार भाेल्टकाे तारमा शरिरले छुँदा शरिरमा करेन्ट प्रवाह भएको हाे ।

करेन्ट प्रवाहले तेलीकाे रुखमै ज्यान गएको थियाे । उनकाे मृृत शरीर रुखमै अड्किएकाे प्रत्यक्षदर्शी हरिराज प्रसाद यादवले जानकारी दिए ।

तेलीकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630