रेडक्रस निजगढ : सचिवसहित ४ पदमा सर्वसम्मत !
वि.सं.२०८० पुस २७ शुक्रवार २०:२४
2.91K
shares

बारा–नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको नयाँ नेतृत्वको लागि शुक्रबार मनोनयन दर्ता भएको छ ।
मनोनयन दर्ता अघि केहि पदमा सर्वसम्मत निर्वाचित भएका छन् भने केहिले उम्मेदवारी फिर्ता लिएका छन् ।
सभापति पदमा आकाक्षि देखिएका मोहन डिसी सचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि कोषाध्यक्ष पदमा शुभद्राकुमारी पौडेल नेपाल निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यसैगरि वासुदेव तिमल्सिना सहसचिव पदमा सर्वसम्मत भएका छन् भने उप कोषाध्यक्षमा गणेशबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् ।
सभापति पदमा ३ जना, महिला उपसभापति पदमा ४ जना र खुला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ ।
वि.सं.२०८० पुस २७ शुक्रवार २०:२४

















