बागदेव दुग्ध उत्पादक सहकारीको उपाध्यक्षमा पूर्व कर्मचारी तिमल्सिना विजयी
वि.सं.२०८० पुस २७ शुक्रवार १९:३१

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको उपाध्यक्ष पदमा टुकबहादुर तिमल्सिना विजयी भएका छन् । उनी पूर्व कर्मचारी हुन् ।
उपाध्यक्ष बाहेक पदमा सर्वसम्मत निर्वाचित भएपनि तीन जनाको उम्मेदवारी रहेको कारण शुक्रबार मतदान गरिएको हो ।
उपाध्यक्षमा उदयराज पाण्डे, टुकबहादुर तिमल्सिना र गोविन्द घिमिरेको उम्मेदवारी दर्ता भएको थियो । घिमिरेले उम्मेदवारी फिर्ताको स्वघोषणा गरेपछि मुख्यप्रतिस्पर्धा पाण्डे र तिमल्सिनाबीच भएको थियो ।

दुई हजार दुई सय ७० मतदाता रहेको संस्थामा नौं सय ३९ मत खसेकोमा ७ मत बदर भएको छ ।
अन्तिम मतपरिणाम :
टुकबहादुर तिमल्सिना (मयूर)– ६२७
उदयराज पाण्डे (लालटिन)–२९१
गाविन्द घिमिरे (गिलास) –१४
राप्रपा ‘ब्याक’ हुँदा बागदेव दुग्ध उत्पादक सहकारीमा यी पदमा सर्वसम्मत ! उपाध्यक्षमा जुटेन सहमति
वि.सं.२०८० पुस २७ शुक्रवार १९:३१

















