skip this yams_Max_Hospital.jpeg

बागदेव दुग्ध उत्पादक सहकारीको उपाध्यक्षमा पूर्व कर्मचारी तिमल्सिना विजयी

2.88K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको उपाध्यक्ष पदमा टुकबहादुर तिमल्सिना विजयी भएका छन् । उनी पूर्व कर्मचारी हुन् ।

उपाध्यक्ष बाहेक पदमा सर्वसम्मत निर्वाचित भएपनि तीन जनाको उम्मेदवारी रहेको कारण शुक्रबार मतदान गरिएको हो ।

उपाध्यक्षमा उदयराज पाण्डे, टुकबहादुर तिमल्सिना र गोविन्द घिमिरेको उम्मेदवारी दर्ता भएको थियो । घिमिरेले उम्मेदवारी फिर्ताको स्वघोषणा गरेपछि मुख्यप्रतिस्पर्धा पाण्डे र तिमल्सिनाबीच भएको थियो ।

दुई हजार दुई सय ७० मतदाता रहेको संस्थामा नौं सय ३९ मत खसेकोमा ७ मत बदर भएको छ ।

अन्तिम मतपरिणाम :

टुकबहादुर तिमल्सिना (मयूर)– ६२७

उदयराज पाण्डे (लालटिन)–२९१

गाविन्द घिमिरे (गिलास) –१४

राप्रपा ‘ब्याक’ हुँदा बागदेव दुग्ध उत्पादक सहकारीमा यी पदमा सर्वसम्मत ! उपाध्यक्षमा जुटेन सहमति

nijgadh-supermart-adz1200-630