skip this yams_Max_Hospital.jpeg

२८६० औं सोनाम ल्होछारको अवसरमा जीतपुरसिमरा–१७ रामनगरमा बृहत सांस्कृतिक कार्यक्रम हुने

987 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मन्जुश्री संवद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ (गडुल) वर्गको अवसरमा बाराको जीतपुरसिमरा–१७ रामनगरमा बृहत सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।

नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति बाराको आयोजनामा माघ १९ देखि २० गतेसम्म हुने कार्यक्रममास्थानीयसहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

कार्यक्रमबारे जानकारी गराउन आईतबार रामनगरस्थित खेल मैदानमा पत्रकार भेटघाटमा जिल्ला समन्वय समिति बाराका अध्यक्ष सुर्य घलानले तामाङ समुदायमा आफ्नो कला, संस्कृति बारेमा जागरण ल्याउन कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष भिमबहादुर कङतानले ल्होछार कार्यक्रममार्फत स्थानीय समुदायबीचमा सद्भाव बढ्ने विश्वास व्यक्त गरे । उनले एक अर्काको पर्व संस्कृतिलाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यसलाई थप बलियो बनाउन कार्यक्रम महत्वपूर्ण हुने बताए ।

कार्यक्रमका कलाकार संयोजक समेत रहेका नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति बाराका सचिव हिरा दोङ्गका अनुसार कार्यक्रममा ख्याती प्राप्त कलारकाहरुसहित स्थानीय कलाकारले आफ्नो कला देखाउने छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले माघ १९ गते कार्यक्रमको उद्घाटन गर्नेछन् । त्यसैगरि माघ २० गते नेपाल तामाङ घेदुङ संघका केन्द्रिय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

१० लाख ९५ हजार अनुमानित खर्च रहेको दुई दिने कार्यक्रम अन्तर्गत पहिलो दिन ताम्बाहरुद्धारा विशेष पूजापाठ, कार्यक्रमको उद्घाटन र सामुहिक र एकल तामाङ सेलो नृत्य प्रस्तुत गरिने छ भने दोस्रो दिने तामाङ बोन्बोहरुद्धारा विशेष पूजापाठ, शुभकामना आदनप्रदान, राष्ट्रिय चर्चित हास्य तथा गायक कलाकारहरुद्धारा विशेष सांस्कृतिक प्रस्तुती हुनेछ ।

nijgadh-supermart-adz1200-630