बुद्ध जयन्तीको अवसरमा जीतपुरसिमराका मेयर राजन पौडेलद्वारा शुभकामना व्यक्त

वि.सं.२०८१ जेठ १० बिहीवार २२:०४

बारा-२५६८ औं बुद्ध जयन्तीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले शुभकामना व्यक्त गरेका छन् ।
मेयर पौडेलले जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मवालम्बी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आपसी सद्भाव, एकता र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।
यस्तो छ, शुभकामना सन्देश :
२५६८ औं बुद्ध जयन्तीको अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मवालम्बी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आपसी सद्भाव, एकता र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।
नेपालको तराईमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन्। शान्तिका अग्रदुत भनेर विश्वमा चिनिनु भएका गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्तत गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।
बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरु विश्व भर नै धेरै लोकप्रिय हुन सकेका हुन्।
गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामी सबै नेपालीले अझै तराईवासीले झनै गर्व गर्न सक्छौं । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।
अन्त्यमा, बुद्ध जयन्तीको यस महत्त्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्वी भातृत्वको भावनालाई आत्मसाथ गर्दे सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै सबैमा बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछु।
२०८१ साल ज्येष्ठ १० गते, बिहीबार ।
ने।सं। ११४४ बछलाथ्व, १५ बिहीबार ।

वि.सं.२०८१ जेठ १० बिहीवार २२:०४