skip this yams_Max_Hospital.jpeg

बालगंगा खाेलाकाे उत्खनन अवैध ठहर ! ठेक्का रद्द गरि जरिवाना र पुनर्भरण गराउने निर्णय

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित बालगंगा खोलाबाटमा उत्खनन गर्न लगाईएकाे ठेक्का रद्द हुने भएको छ ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिको साेमबार बसेकाे बैठकले उत्खनन् कार्य रोकी ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको हाे ।

जिल्ला समन्वय समितिको कार्यालयमा १३ जेठ २०८१ मा प्राप्त प्राविधिक स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदन अनुसार बालगंगा खोलाबाट स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदनले तोकेको परिमाण भन्दा अत्यधिक बढी उत्खनन् भईसकेको देखिएकोले खोलावाट नदीजन्य पदार्थ उत्खनन् कार्य रोकी ठेक्का सम्झौता रद्द गर्न जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्र लेख्ने निर्णय भएको हाे ।

बैठकले उत्खनन् कार्य गर्दा मापदण्डको पूर्ण पालना नभएको देखिएकोले सम्बन्धित उत्खनन् कर्तालाई प्रचलित कानुन बमोजिम राजस्व र जरिवाना गर्न आवश्यक कारबाहीका गर्ने निर्णय गरेको छ ।

त्यसैगरि चरम उत्खनन् भएको स्थानहरुमा सम्बन्धित विज्ञहरुको राय सल्लाह लिई सो स्थानहरुको पुनर्भरण गराउने निर्णय भएको छ ।

जिल्ला स्तरिय अनुगमन समितिले ४ जेठमा स्थलगत अनुगमन गर्दै तत्काललाई उत्खनन् राेक्न निर्देशन दिएको थियाे ।

जिल्ला समन्वय समिति, बाराको प्रमुख नरेन्द्र कुमार साह ज्युको संयोजकत्वमा बसेकाे बैठकमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिका सह-संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, सदस्य एवम् जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी बल बारनका प्रहरी उपरीक्षक संतोष बहादुर सिंह, डिभिजन वन कार्यालय, बाराका सहायक प्रमुख जवाहर प्रसाद कुर्मी, पूर्वाधार बिकास कार्यालय बाराका ईन्जीनियर राजेश प्रसाद चौधरी, कर दाता सेवा कार्यालय कलैया, कर अधिकृत रोशन झा, जिल्ला समन्वय अधिकारीका सदस्य सचिव आमोद चौधरीकाे उपस्थिति रहेको थियाे ।

त्यसैगरी बैठकमा जीतपुरसिमराका मेयर राजन पौडेल, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढका मेयर सुरथ पुरी, जीतपुरसिमरा उपमहानगरपालिका ईन्जिनियर संजिव रुपाखेती, काेल्हवी नगरपालिकाका ईन्जिनियर गणेश चौधरी, निजगढ नगरपालिकाका ईन्जिनियर नवीन खनाल, जिल्ला समन्वय समिति बाराका छोटेबाबु प्रसाद यादव, विकाश कुमार रंजन, अमित कुमार चौधरी, विनोद यादव लगायतको आमन्त्रित रुपमा सहभागी थिए ।

nijgadh-supermart-adz1200-630