skip this yams_Max_Hospital.jpeg

निजगढकाे लालबकैया चरम दाेहन भएको पुष्टि ! अब उत्खनन गर्न नपाउने, कारबाही हुने

बकैयामा बढी उत्खनन भएकाले शक्ति खोला र लाल भक्तलाल खाेलामा उत्खनन् कार्य सुचारु गर्नु पर्ने

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिकाले ठेक्का लगाएको लाल बकैया खोलाबाट स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदनले तोकेको परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् भईसकेको पाईएकाे छ ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिको साेमबार बसेकाे बैठकले उक्त खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाउने निर्णय गरेको छ ।

ठेक्का सम्झौतामा लालबकैया खाेलासहित शक्ति खोला र लाल भक्तलाल खोलाबाट उत्खनन् गर्नुपर्ने भएपनि ठेकेदारले लालबकैयामात्रै तोकेको परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेका थिए ।

सम्झौता अनुसार उत्खनन् गर्न बाँकी देखिएको शक्ति खोला र लाल भक्तलाल खोलाबाट नदीजन्य पदार्थ स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, संकलन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९, ठेका सम्झौता शर्त र अन्य मापदण्डको समेत पालना गर्ने गरी उत्खनन् कार्य सुचारु गर्न निजगढ नगरपालिकालाई लेखि पठाउने निर्णय भएको हाे ।

त्यसै गरी लाल बकैया खाेलामा उत्खनन् कार्य गर्दा मापदण्डको पूर्ण पालना नभएको देखिएकोले सम्बन्धित उत्खनन् कर्तालाई प्रचलित कानुन बमोजिम जरिवाना गर्न आवश्यक कारबाहीका गरिने भएको छ ।

जिल्ला स्तरिय अनुगमन समितिले १ जेठमा स्थलगत अनुगमन गर्दै तत्काललाई उत्खनन् राेक्न निर्देशन दिएको थियाे ।

जिल्ला समन्वय समिति, बाराको प्रमुख नरेन्द्र कुमार साह ज्युको संयोजकत्वमा बसेकाे बैठकमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिका सह-संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, सदस्य एवम् जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी बल बारनका प्रहरी उपरीक्षक संतोष बहादुर सिंह, डिभिजन वन कार्यालय, बाराका सहायक प्रमुख जवाहर प्रसाद कुर्मी, पूर्वाधार बिकास कार्यालय बाराका ईन्जीनियर राजेश प्रसाद चौधरी, कर दाता सेवा कार्यालय कलैया, कर अधिकृत रोशन झा, जिल्ला समन्वय अधिकारीका सदस्य सचिव आमोद चौधरीकाे उपस्थिति रहेको थियाे ।

त्यसैगरी बैठकमा जीतपुरसिमराका मेयर राजन पौडेल, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढका मेयर सुरथ पुरी, जीतपुरसिमरा उपमहानगरपालिका ईन्जिनियर संजिव रुपाखेती, काेल्हवी नगरपालिकाका ईन्जिनियर गणेश चौधरी, निजगढ नगरपालिकाका ईन्जिनियर नवीन खनाल, जिल्ला समन्वय समिति बाराका छोटेबाबु प्रसाद यादव, विकाश कुमार रंजन, अमित कुमार चौधरी, विनोद यादव लगायतको आमन्त्रित रुपमा सहभागी थिए ।

nijgadh-supermart-adz1200-630