skip this

जनहित सामुदायिक वन समुहले आयोजना गरेको शिविरमा तीन सय बढीको गरे परीक्षण (भिडियोसहित)

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– दृष्टि आँखा तथा नाक–कान–घाँटी अस्पताल प्रा.लि. वीरगञ्जको प्राविधिक सहयोगमा बाराको निजगढमा निःशुल्क आँखा तथा नाक–कान–घाँटी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविर श्री नेत्रोदय माध्यमिक विद्यालय (योजना टोल) मा श्री जनहित सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न भएको शिविरमा तीन सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् । आँखा परीक्षण गराएका मध्ये २६ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

शिविरमा मोतियाविन्दु देखिएका विरामीको दृष्टि आँखामा सल्यकृया हुने वन समुहकी अध्यक्ष चन्द्रिका कुमारी मगरले जानकारी बताईन् ।

शिविरमा आँखासम्बन्धी तथा नाक, कान र घाँटीसम्बन्धी रोगको निःशुल्क जाँच गरिनुका साथै आवश्यक परामर्श प्रदान गरिएको थियो ।

आयोजकले सर्वसाधारण, विशेषगरी आँखासम्बन्धी तथा नाक, कान र घाँटीसम्बन्धी समस्या भोगिरहेका नागरिकहरूलाई शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य जाँचको लाभ लिन आग्रह गरेको छ ।

शिविरको वन कार्यालय सिमरा बाराका प्रमुख राजीव झाले पानसमा बत्तीबालेर उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालय सिमराकी अधिकृत वर्षा लामा, निजगढ सब डिभिजन वन कार्यालय निजगढकी अधिकृत सर्मिला नेपालको विशिष्ट आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय सिमराका रेन्जर निरज पोखरेल, वडा सदस्य दिल बहादुर पुलामी, सामुदायिक वन उपभोक्ता महासंघ बाराका उपाध्यक्ष तथा जनहित सामुदायिक वन उपभोक्ता समूहको पुर्व अध्यक्ष बासुदेव तिमल्सिना पुर्व अध्यक्ष बालकृष्ण दर्लामी, जनज्योति सामुदायिक वनका अध्यक्ष खड्गबहादुर मोक्तान, सामुदायिक वन जनसृजनसिल सामुदायिक वनकी लिला राउत लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि सहभागि थिए ।

nijgadh-supermart-adz1200-630