skip this farak Kura Pravakar

चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा इन्स्पेक्टर रम्तेलमाथि छानविन

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेलले चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा छानविनमा तानिएका छन् ।

उनलाई ललितपुर शाखाको जिम्मेवारीबाट हटाएर बानेश्वरस्थित महाशाखामा सरुवा गरेर छानबिन थालिएको महाशाखाका एसएसपी बसन्त कुँवरले  बताए ।

ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही दिनअघि चोरी भएको थियो । चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्दा प्रक्रियाअघि बढाएर महानगरीय प्रहरी परिसर ललितपुरलाई जिम्मा लगाउनुको साटो उनले घटना मिलापत्र गराएको हाे ।

चोरीमा संलग्न आरोपीलाई सुन बापतको रकम तिराएर उनले मिलापत्र गराएको सुचना पाएपछि महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले छानविन गर्न निर्देशन दिएका थिए ।

महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा समिति बनाएर उनीमाथि छानविन भइरहेको छ ।

nijgadh-supermart-adz1200-630