‘सरकारद्वारा स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप, गृहको विज्ञप्तिप्रति पत्रकार महासंघको असन्तुष्टि
वि.सं.२०७८ माघ १४ शुक्रवार १५:१७

काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्रालयको विज्ञप्तिप्रति असन्तुष्टि जनाएको छ ।
गृहमन्त्रालयले विहीबार ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको थियो ।
महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ’, गृहको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्यांस प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।
महासंघ संविधानले सनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ’।
गृह मन्त्रालयद्वारा माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको ध्यानाकर्षण
मितिः२०७८।१०।१४
गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको हो ।
विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
रोसन पुरी
महासचिव
https://faraknepal.com/9672?
यस्ताे छ गृहकाे विज्ञप्ती
वि.सं.२०७८ माघ १४ शुक्रवार १५:१७



















