बाघको आक्रमणमा परी एक जना युवक घाइते
वि.सं.२०७८ माघ १९ बुधवार १४:३९
1.39K
shares

राैतहट । रौतहटको चन्द्रपुर नगरपालिका-५ मा बाघको आक्रमणबाट मंलबार दिउँसो एक जना युवक घाइते भएका छन् ।
घाईते हुनेमा सोही वडामा बस्ने २२ बर्षिय प्रदिप चौधरी रहेका छन् । उनलाई बाघले आक्रमण गरेर घाइते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।
बाघको आक्रमणबाट चौधरीको हात र पेटमा चोट लागेको बताइएको छ । रौतहटमा बिगत ६ महिनाको अवधिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
वि.सं.२०७८ माघ १९ बुधवार १४:३९

















