skip this hetauda tech

टाङ्गियाबस्तीमा पाडा किन्न गएका कोल्हवीका किसानको हात्तीको आक्रमणबाट ज्यान गयो

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोल्हबी नगरपालिका वडा नम्बर ९ अडेम्बा बिर्ता घर भएका ५५ वर्षिय पारस खाँ थारु रहेकोे प्रहरीले जनाएको छ ।

आईतबार पाडा किन्न टाङ्गियाबस्ती गएर साँझ घर फर्किने क्रममा टाङ्गियाबस्ती र सखुअवा टोलको बिचमा पर्ने जंगलमा थारुलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक थारुको शव पोष्टमार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630