skip this farak Kura Pravakar

दुई पछि जसपा मधेस प्रदेशको नेतृत्व परिवर्तन ! बालकिशोरले ‘रिप्लेस’ गरे रामबाबुलाई

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जनता समाजवादी पार्टीको मधेस प्रदेशको दुई वर्ष दुई महिना नेतृत्ज गरेका रामबाबु यादवलाई ‘रिप्लेस’ गर्दै बालकिशोर यादव नयाँ अध्यक्ष चुनिएका छन् ।

रामबाबुले मंसिर १५, २०७८ देखि प्रदेश समितिको नेतृत्व गर्दै आएका थिए ।
रामबाबु बाराको निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व संघीय संसद् हुन् । पार्टी एकीकरणपछि प्रदेश समिति समायोजन गरिएको छ ।

रामबाबुको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पाएका थिए । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् ।

पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने छ । त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरिएको हो ।

को हुन् बालकिशोर ?

अध्यक्ष बालकिशोर यादव स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे थिए । २५ वर्षसम्म जागिर खाएका उनी हाल राजीनामा दिएर प्रदेश कमिटी अध्यक्ष भएका हुन् । उनी यसअघि मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्ष थिए ।

nijgadh-supermart-adz1200-630