skip this

रिटर्नी फेडेरेसन नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन फागुन २६ गते बारामा हुने

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) काे भातृ संगठन रिटर्नी फेडेरेसन नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन फागुन २६ गते भएको छ ।

रिटर्नी फेडेरेसन नेपाल मधेस प्रदेश कमिटीको लालबन्दीमा बसेको बैठकले फागुन २६ गते बारा जिल्लामा अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।

प्रदेश अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा प्रशिक्षण सहितको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रिटर्नी ईन्चार्ज कृष्ण बहादुर केसी, मधेश प्रदेश ईन्चार्ज तथा रिटर्नी फेडेरसनका उपाध्यक्ष रामकृष्ण घिमिरे, रिटर्नीका उपाध्यक्षहरु विनोद भट्टराई, शालिक बसेल लगायतको उपस्थिती रहेकाे थियाे ।

प्रशिक्षणमा मधेस प्रदेशका जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिवहरुको समेत सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630