skip this farak Kura Pravakar

जिल्ला समन्वय समिति बाराकी उपप्रमुख सापकोटालाई पितृशोक

774 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा उप्रेतीलाई पितृशोक परेको छ ।

उपप्रमुख सापकोटाका पिता निजगढ वडा नं. ९ का खोकनाथ सापकोटाको ७६ वर्षको उमेरमा विहीबार असामयिक निधन भएको हो ।

स्व. खोकनाथ सापकोटाका जेठा छोरा नेकपा एमाले निजगढ वडा न ९ का वडा कमिटी अध्यक्ष पशुपति सापकोटा हुन् । उनका दुई छोरा र एक तीन छोरी छन् ।

दम रोगबाट पीडित खोकनाथ छातीमा ट्यूमरका समेत समस्या देखिएपछि विहीबार विहान उपचारका लागि वीरगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा अस्पातालमा नै निधन भएको कान्छा छोरा प्रकाश सापकोटाले जानकारी दिए ।

उनको शुक्रबार अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

nijgadh-supermart-adz1200-630