बझाङमा मृत अवस्थामा भेटियो चितुवा
वि.सं.२०७८ माघ १५ शनिवार १४:५९

बझाङको बुङगल नगरपालिका–४ तम्तोलीमा मृत अवस्थामा चितुवा भेटिएको छ । शनिबार बिहानै चितुवा मृत अवस्थामा देखेपछि स्थानीयले अस्थायी प्रहरी विट विजगडा र बुङगल सव डिभिजन वन कार्यालय झापालाई खबर गरेका थिए ।
नगरपालिकाको केन्द्र समेत रहेको विजगडा नजिकैको गाँउमा वयस्क भाले चितुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए ।
चितुवाको शरीरमा घाउ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी र जिल्लावन कार्यालयका कर्मचारीले मृत चितुवालाई पोष्टमार्टमका लागि जिल्ला डिभिजन वन कार्यालय ल्याएका छन् ।
प्रहरीले मुचुल्का गरेपछि चितुवाको डिभिजन वन कार्यालय बझाङले प्रहरीको रहोबरमा अनुसन्धान थाल्ने र अवस्था शंस्कास्पद देखेपछि अनुसन्धान थालिने जिल्ला डिभिजन वन कार्यालय बझाङले जनाएको छ ।
https://www.tiktok.com/@ganeshnewsnepal/video/7058553624909188353?is_copy_url=1&is_from_webapp=v1&lang=en
वि.सं.२०७८ माघ १५ शनिवार १४:५९
















