सभापति देउवा भारी मतान्तरसहित निर्वाचित हुने पुर्णबहादुर खड्काको दावी
वि.सं.२०७९ पुस ५ मंगलवार १६:०५

काठमाडौं । सभापति देउवा भारी मतान्तरसहित निर्वाचित हुने नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले दावी गरेका छन् । सभापति देउवाको समर्थक बसेका खड्काले उमदवारी दर्तापछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति देउवाले भारी मतान्तरसहित जित्ने दाबी गरेका हुन् ।
उनले सभापतिले स्थानीय चुनाव र संघीय तथा प्रादेशिक निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाएको भन्दै सबै पार्टी मिलाएर लैजान देउवाको नेतृत्व आवश्यक भएको बताएका छन् । खड्काले पुस्तान्तरण समयक्रममा हुने भन्दै सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागितामा पुस्तान्तरण हुने बताएका छन् ।
“पूस्तान्तरण अहिले होइन समयक्रममा हुनेछ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागितामै पुस्तान्तरण हुनेछ,” खड्काले भने, “अहिले संविधानको कार्यान्वयन गर्नुछ । गिरिजाबाबुले थालेको शान्ति प्रक्रियालाई पूर्णता दिनुछ । त्यसैले देउवाको नेतृत्व आवश्यक छ ।”
वि.सं.२०७९ पुस ५ मंगलवार १६:०५

















