देउवाले पार्टी भित्र र अन्य दलसँग सन्तुलन मिलाउन उम्मेदवारी दिएका हुन –प्रकाशशरण महत
वि.सं.२०७९ पुस ५ मंगलवार १६:३१

काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्व अहिलेको आश्यवकता भएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताएका छन्। आज सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता कार्यक्रमबिच उनले यस्तो बताएका हुन्।
देउवाले पार्टी भित्र र अन्य दलसँग सन्तुलन मिलाउन नै फेरि पनि संसदीय दलमा उम्मेदवारी दिएको उनको भनाई छ । भने, ुयो आवश्यकताको सिद्दान्तले चल्छ। कोहि बारम्बार हुन्छ कोहि हुँदैनन्। परिपक्क र सबैलाई जोड्न सक्ने नेताको आवश्यकता छ। अहिले सुझबुझको नेतृत्व आवश्यक छ,उनले भने।
कांग्रेसको संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका छन्।
वि.सं.२०७९ पुस ५ मंगलवार १६:३१

















