एक करोड २५ लाखमा खोल्माटोलस्थित श्री जन जागृति आधारभुत विद्यालयको भवन निर्माण सुरु (भिडियो)
वि.सं.२०८२ जेठ ११ आइतवार २१:२८

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ५ खोल्माटोलस्थित श्री जन जागृति आधारभुत विद्यालयमा नयाँ पक्की भवन निर्माण सुरु भएको छ ।
मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयबाट आर्थिक बर्ष २०८१/०८२ को लागि बिनियोजित एक करोड २५ लाख बजेटबाट एक तल्ले शौचालयसहितको ४ कोठे भवन निर्माण भईरहेको हो ।
शिक्षा ईकाई बाराबाट कार्यन्वयन हुनेगरि विद्यालय कक्षा कोठा निर्माण कार्यको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले एक कार्यक्रमका विच शिलन्यास गरेका थिए ।
कक्षा ५ सम्म अध्यनअध्यापन भईरहेको विद्यालयमा कक्षा सञ्चालन भईरहेको ट्रस्ट भवन जिर्ण भएपछि विद्यालयको माग अनुसार प्रदेश सरकारबाट भवन निर्माण कार्य भईरहेको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोला प्रसाद ढुङगानाले विद्यालयको भवन निर्माणका लागि बजेट प्रवन्ध गर्न सहयोग गर्नुहुने सम्बन्धित ब्यक्तित्वहरु प्रति विशेष धन्यवाद दिएका छन् ।
बजेट अनुसार समयमै काम सक्ने गरि काम अघि बढाईएको व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले बताए ।
शिलन्यास कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगर, वडा सदस्य आशा चौलागाई, व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय प्रधानाध्यापक शिव नेपाल, व्यवस्थापन समितिका पूर्व अध्यक्ष तेज प्रसाद गौतम, भिम प्रसाद तिमल्सिना, जयप्रसाद ढुङगाना, पुर्णबहादुर चौलागाईं, पुर्व संचालक समितिका पदाधिकारीहरु, सामाजिक ब्यक्तित्वहरु साथै सक्रिय अभिभाबकहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ जेठ ११ आइतवार २१:२८
















