skip this

बझाङ्ग क्षेत्र १ ‘क’ को समानुपातिक उम्मेदवारमा छबिसपाथिभेराकी प्रथम उपाध्यक्ष रताला सिफारिस

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा भानुभक्त जोशी, इन्द्रबहादुर भण्डारीको नाम सिफारिस

2.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–छबिसपाथिभेरा गाँउपालिकाकी प्रथम उपाध्यक्ष राधिका रताला सुदुरपश्चिम प्रदेश सभा समानुपातिक उम्मेदवारमा सिफारिस भएकी छिन् ।

नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटीले बझाङ्गको क्षेत्र १ को ‘क’ प्रदेशका लागि १ नं. मा नाम समावेश गरेर सिफारिस गरेको हो । पार्टीकी केन्द्रीय परिषद् सदस्य समेत रहेकी रतालासंगै पार्टीकी प्रदेश कमिटी सदस्य पार्वती जोशीको नाम पनि सिफारिस भएको छ ।

त्यसैगरि प्रदेश ‘क’ को प्रत्यक्षतर्फ दिलबहादुर सिंह, कलकबहादुर धामी, अकलबहादुर धामी र प्रदेश ‘ख’ को लागि विरेन्द्रबहादुर भण्डारी र समानुपातितर्फ सुनिता बोहोरा, विमला बोहोरा, अमृता भण्डारीको नाम सिफारि भएको छ ।

त्यसैगरि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा भानुभक्त जोशी, इन्द्रबहादुर भण्डारी र समानुपातिकतर्फ माया तामाङ्ग बोहोराको नाम सिफारिस भएको छ ।

nijgadh-supermart-adz1200-630