skip this

राजर्षि जनक कप फुटबलको उपाधि मछिन्द्रलाई

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही – सातौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसी क्लबले जितेको छ । आइतबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र एफसीले उपाधि हात पारेको हो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आइतबार भएको फाइनलमा मछिन्द्रका लागि विमल घर्ती र सुजल श्रेष्ठले गोल गरे ।

खेलको २९ औँ मिनेटमा जावलाखेलका खेलाडीले डि-बक्स एरियानजिकै फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्ती मगरले गोल गरेपछि मछिन्द्रले पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको ७८ औँ मिनेटमा सौरव लिम्बुको पासमा मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए।

मछिन्द्रका डिफेण्डर दिवाकर चौधरीको कमजोरीको फाइदा उठाउँदै खेलको ८२ औँ मिनेटमा विनोद केसीले गोल गरेपछि जावलाखेलले खेल २–१ को अवस्थामा ल्यायो।उपाधिसँगै मछिन्द्रले १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको जावलाखेलले ५ लाख रूपैयाँमा चित्त बुझाएको छ।

nijgadh-supermart-adz1200-630