skip this farak Kura Pravakar

भारतीय चर्चित हास्य कलाकार राजपाल यादवलाइ सर्लाहीमा ५६ किलाे मालाले स्वागत

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही । सर्लाही आईपुगेका भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादवलाई ५६ किलाेकाे मालाले स्वागत गरिएकाे छ ।

गाेपाल सेवा समितिले मलंगवा नगरपालिका-२ स्थित कवर्ड हलमा कलाकार यादबलाइ सम्मान गरेकाे हाे ।

गोपाल सेवा समितिको निम्तोमा नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि आशन ग्रहण गर्न उनी शनिवार स्थलमार्गबाट सर्लाही पुगेका हुन् ।

कलाकार यादवले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरेका थिए ।

फ्यानकाे घुईचाे

कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ-गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । अन स्क्रिनमा मात्र देखिने गरेका यादबलाई हेर्न, भेट्न र सेल्फि खिच्न प्यानकाे तछाडमछाड भएकाे थियाे कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो ।

nijgadh-supermart-adz1200-630