skip this farak Kura Pravakar

सहकारी संस्थालाई कृषि र पशुपालनमा लगानी बढाउन वडा अध्यक्ष कटुवालको आग्रह

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बाराको नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले सहकारी संस्थालाई कृषि र पशुपालनमा लगानी बढाउन आग्रह गरेका छन् ।

बाराको निजगढ–९ स्थित राजमार्ग होटलमा नवतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष कटुवालले सहकारीमार्फत समृद्धि ल्याउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताए ।

व्यवसायमा मात्रै ऋण लगानी केन्द्रित भएको भन्दै किसानलाई ऋणमा सहज गर्नुपर्ने बताए ।
त्यस्तै नेफस्कून सञ्चालक शोभा राउतले सहकारीको अवस्थाबारेमा सेयर सदस्यले ध्यान केन्द्रित गर्नुपर्ने बताईन् । सेयर सदस्यले भत्ता र लाभान्समा भन्दा संस्थाको निरन्तरताबारेमा चनाखो हुनुपर्ने बताईन् । उनले सहकारी सञ्चालकले समय व्यवस्थापनमा ध्यान दिनुपर्ने भन्दै संस्थामा आउने समस्यामा अध्यक्ष जति नै अन्य पदाधिकारी र सदस्य पनि भागेदार हुने बताईन् ।

त्यस्तै निजगढ नगरपालिका योजना तथा सहकारी शाखा प्रमुख अजयकुमार उप्रेतीले सहकारीले प्रत्यक्ष रुपमा ८८ हजारलाई र अप्रत्यक्ष रुपमा १० लाखलाई रोजगारी दिएको भन्दै यो क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको बताए । उनले सहकारीमा सेयर सदस्यको भूमिका महत्वपूर्ण हुने बताए । दैनिक, मासिक र अनिवार्य बचत बढाउँदै लैजानुपर्ने भन्दै सदस्यको कारोबारको आधारमा मूल्याङकन हुने जानकारी दिए ।

त्यस्तै गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षा व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला र समाजसेवी वेनीबहादुर मुक्तानले नवतारामा स्वर्गीय भगवान बडाल र शुसिल मैनालीले लिएको बाटोमा लैजाने दायित्व नयाँ सञ्चालक समितिको काँधमा आएको बताए ।

त्यस्तै पत्रकार महेश्वर अधिकारीले सहकारीले गरेका राम्रा कार्यको सकारात्मक प्रचार हुन आवश्यक रहेको बताए । उनले एकले अर्कोको राम्रो अभ्यास सिकेर सहकारी क्षेत्रलाई समृद्धिको माध्यम बनाउनुपर्ने बताए ।

यसैविच साधारण सभाले गणेश राजभण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति र रविकुमार बर्तौलाको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।

नवतारा साकोस निजगढको अध्यक्षमा गणेश राजभण्डारी सर्वसम्मत चयन

nijgadh-supermart-adz1200-630