नवतारा साकोस निजगढको अध्यक्षमा गणेश राजभण्डारी सर्वसम्मत चयन
रविकुमार बर्तौलाको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत
वि.सं.२०८१ भदौ २९ शनिवार १८:२४

बारा–बाराको निजगढ–९ स्थित नवतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा गणेश राजभण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
राजमार्ग होटलमा भएको संस्थाको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट राजभण्डारीको अध्यक्षतामा ७ सदस्यिय सञ्चालक समिति र रविकुमार बर्तौलाको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित भएको हो ।
साधारण सभाको बन्दशत्रमा एक पदमा एक व्यक्तिको मात्र मनोनयन दर्ता भएपछि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत भएको निर्वाचन मण्डलका अजयकुमार उप्रेतीले जानकारी दिए ।
उनका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा चित्रकुमार तिमल्सिना, सचिवमा नवराज मैनाली, कोषाध्यक्षमा लक्ष्मी गैरे, सहसचिवमा मुना बुढाथोकी, सदस्यमा सुमनकु्मार श्रेष्ठ, सरोज ठाकुर निर्वाचित भएका छन् ।
त्यसैगरि लेखा तथा सुपरीवेक्षण समितिको सदस्यमा पासपत कुवर, उर्मिला प्रधान निर्वाचित भएका छन् ।
संस्थाका अध्यक्ष शुसिल मैनालीको असमायिक निधन भएपछि कुलबहादुर गुरुङ्गले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । यसअघि कार्यबाहक अध्यक्ष गुरुङ्गको अध्यक्षतामा भएको साधारण सभाको निजगढ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र कटुवाल, निजगढ नगरपालिका योजना तथा सहकारी शाखा प्रमुख अजयकुमार उप्रेती, नेफस्कून सञ्चालक शोभा राउत, समाजसेवी वेनीबहादुर मुक्तान, पत्रकार महेश्वर अधिकारी, गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षा व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यबाहक अध्यक्ष गुरुङ्गले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन नवराज मैनालीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अवसरमा जेष्ठ नागरिक सदस्य सम्मानबाट राधादेवी श्रेष्ठ र कुलबहादुर गुरुङ्गलाई प्रदान गरिएको छ ।
त्यसैगरि संस्थाका व्यवस्थापक प्रविन खड्गी, लेखापाल अम्बिका कार्की, सहलेखापाल करुणा राउत, बजार प्रतिनिधि सिता भुजेल, विमला चौलागाईलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।

वि.सं.२०८१ भदौ २९ शनिवार १८:२४