skip this

जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।अशोक राई पछि हटेपछि यादव निर्विरोध संसदीय दलको नेता चयन भएका हुन् ।

आज दलको नेता चयनका लागि चुनावी कार्यतालिका बनाइएको थियो । यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । बारा २ बाट निर्वाचित यादव पार्टी अध्यक्ष उपेन्द्र यादव निकट हुन् ।प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

nijgadh-supermart-adz1200-630