skip this

दिनानुदिन बलात्कारका घटना बढ्दै, बझाङमा पाँच वर्षीया बालिका बलात्कृत

2.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बझाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ ।

वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताएका छन् । बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

nijgadh-supermart-adz1200-630