skip this

यी हुन् रवि लामिछानेको पार्टीबाट चुनावी मैदानमा उत्रिएका पुर्व सुरक्षाकर्मी

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- सञ्चारकर्मबाट राजनीतिमा हाेमिएका रवि लामिछाने नेतृत्वकाे पार्टीबाट दुई जना पुर्व सुरक्षाकर्मीलाई चुनावी मैदानमा उतारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ५ र झापा ४ मा प्रतिनिधि सभामा उम्मेदवार उठाएको हाे । याे पार्टीले प्रदेशसभामा उम्मेदवारी दिएको छैन् ।

यी हुन् पुर्व सुरक्षाकर्मी उम्मेदवार

काठमाडौं–५ बाट पूर्वसैनिक अधिकृत डा प्रणय शमशेर राणाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी उम्मेदवार बनेका हुन्।

यही क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रदीप पौडेल र एमालेबाट ईश्वर पोखरेलले पनि उम्मेदवारी दिएका छन्।

पूर्वसई शम्भू ढकाल (सुस्केरा)
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाटमै पूर्वसई शम्भू ढकाल (सुस्केरा) प्रतिनिधि सभा उम्मेदवार बनेका छन्। झापा–४ बाट उनले उम्मेदवारी दिएका छन्।

सईबाट अवकाश पाएका उनी साहित्यक क्षेत्रमा कलम चलाउँदै आएका थिए। उनीसँगै यो क्षेत्रमा एमालेको तर्फबाट लालप्रसाद साँवा लिम्बू, कांग्रेसबाट देउकुमार थेवेले उम्मेवारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630