१७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
वि.सं.२०७९ असार ९ बिहीवार ०६:५७
1.24K
shares

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १७ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा हुनेहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्याम ज्ञवाली किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मिरा सिंह, टेक तामाङ उमेश जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । 

वि.सं.२०७९ असार ९ बिहीवार ०६:५७

















