यत्रतत्र छरिनु भन्दा पुनः एमालेमा आएर एउटै मञ्चमा जुट्नु जरुरी छ : अध्यक्ष ठकुरी
वि.सं.२०८२ कात्तिक १७ सोमवार ०८:५७
858
shares

बारा-नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगरपालिकाका अध्यक्ष त्रिलोक शाह ठकुरीले पार्टीमा रहेका सबै कार्यकर्ता र पूर्वसहकर्मी कमरेडहरूलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भने, “देशको यो बिषम परिस्थितिमा देश र समाज समाल्ने जिम्मेवारी हाम्रो काँधमा छ । कम्युनिस्ट चरित्रका हामी जीतपुरसिमराका नेता तथा कार्यकर्ताहरू यत्रतत्र छरिनु भन्दा पुनः नेकपा (एमाले)मा आएर एउटै मञ्चमा जुट्नु जरुरी छ ।”
ठकुरीले लामो समयसम्म एमालेमा रही समाज र संगठन निर्माणमा योगदान पुर्याएका पुराना कमरेडहरूलाई पनि पार्टीमा फर्किन हार्दिक अनुरोध गरेका हुन् ।
उनको भनाइ अनुसार, एकता र संगठन सुदृढीकरणकै माध्यमबाट मात्रै समाज परिवर्तन र राष्ट्रिय स्थायित्व सम्भव छ ।
वि.सं.२०८२ कात्तिक १७ सोमवार ०८:५७


















