skip this farak Kura Pravakar

नेपाल साफ यू–१९ च्याम्पियनसिपमा चम्किएका समिर तामाङलाई गृह नगरमा सम्मान

निजगढ ८ नं. वडा कार्यालयले गर्‍यो नगद ५१ हजारसहित सम्मान–पत्रले सम्मान

3.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाल साफ यू–१९ च्याम्पियनसिपमा चम्किएका फुटबल खेलाडी हुन्–समीर तामाङ । बाराको निजगढ नगरपालिका ८ का समिरको उत्कृष्ठ प्रदर्शनले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

असोज ४ देखि १३ सम्म सञ्चालित १९ वर्ष मुनिको दक्षिण एसियाली फुटबल महासंघ साफ च्याम्पियनसिपको प्रदर्शनपछि समिरको सर्वाधिक चर्चा छ । उनलाई सामाजिक सञ्जालमार्फत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रशंसासहित बधाई दिईरहेका छन् ।

गृह नगरमा सम्मान

उत्कृष्ट प्रदर्शन गरि प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन सफल खेलाडी समिर गृह नगरमा सम्मानित भएका छन् ।

निजगढ ८ नं. वडा निवासी समिरलाई उनकै वडा कार्यालयले नगद र सम्मान–पत्रले सम्मानित गरेको हो ।

वडा अध्यक्ष स्वर्ण लामाले उनलाई नगद ५१ हजार रुपै“यासहित सम्मान पत्र प्रदान गरे । उनलाई वडा सदस्य शालिकराम ढुंगाना, कार्यपालिका सदस्य पवित्रा सुनार, मनमाया लामा लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेश फुटबल संघको सदस्य तथा बारा जिल्ला फुटबल संघको वरिष्ठ उपाध्यक्ष राजकिशोर धामी, नेपाली कांग्रेसका यूवा नेता विष्णु खड्का, वडाका अगुवाहरुको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी नवराज चौलागाईले गरेका थिए ।

nijgadh-supermart-adz1200-630