skip this farak Kura Pravakar

साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको साधारण सभा सम्पन्न

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–साना किसान कृषि सहकारी संस्था लि. डुमरवाना बाराको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जीतपुरसिमरा १४ मौलापुरस्थित संस्थाको खाद्य उद्योग परिषरमा आयोजित वार्षिक साधारण सभाको मधेस प्रदेश सभा सदस्य देव नारायण चौधरीले उद्घाटन गरेका छन् ।

साधारण सभामा जीतपुरसिमरा उपमहनगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी, जीतपुरसिमरा वडा नं. १५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने, १४ का वडा अध्यक्ष चयन मगर गुरुङ्ग, १६ का वडा अध्यक्ष हरिदेव खरेल, साना किसान कृषि सहकारी जिल्ला संघका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौडाका प्रमुख भोलानाथ रेग्मी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगायत विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका नेताहरु लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

विभिन्न विद्यामा सम्मान

संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर विभिन्न विधाहरुमा आफ्ना शेयर सदस्यहरुलाइ सम्मान गरेको छ ।

संस्थाले जेष्ठ महिला शेयर सदस्य ८० बर्षिय कृष्णमइ गौतम तथा जेष्ठ पुरुष सदस्य ७४ बर्षका ब्रम्हदेव चौधरीलाइ सम्मान गरेको छ भने दुग्धजन्य पशुपालनमा व्यवसायमा ७ जना, मासुजन्य पशुपालन व्यवसायमा ६ जना र तरकारी तथा फलफुल खेतीमा ८ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ ।

त्यसैगरी संस्थाले उत्कृष्ट ऋण कारोबार, उत्कृष्ट बचत कारोबार, उत्कृष्ट घरेलु उद्योगका, उत्कृष्ट अन्तर समूह र उत्कृष्ट समूहलाइ पनि सम्मान तथा पुरस्कृत गरेको छ ।

आ.व. ०८०/०८१ मा करिव २ अर्बको कारोबार गर्दै आफ्ना ८ हजार तीन सय भन्दा बढि शेयर सदस्यहरुलाइ विभिन्न प्रकारका वित्तीय तथा गैर वित्तीय सुविधाहरु प्रदान गर्दै आइरहको छ ।

आ.ब.०८०/०८१ मा भएको करिव ३ करोड ३८ लाख बराबरको नाफाबाट छुट्टीएर शेयर लाभांस कोषमा जम्मा भएको रकमबाट शेयर सदस्यहरुलाइ ११ प्रतिशतका दरले शेयर लाभांस तथा संरक्षित पुँजीकोषमा जम्मा भएको रकमबाट २.१८ प्रतिशतका दरले संरक्षित पुजी फिर्ता बापतको रकम उपलब्ध गराउने निर्णय साधारण सभाले परित गरेको छ ।

सम्पन्न साधारण सभाले अध्यक्ष प्रदिप बरालले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन, आर्थिक वर्ष ०८०/०८१ बार्षिक लेखा परीक्षण प्रतिबेदन, लेखा संयोजक शारदा खड्काले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा संस्थाको मुख्य प्रवन्धक प्रकाश रिमालले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगती तथा आर्थिक वर्ष ०८१/०८२ को प्रस्तावित नीति तथा कार्यक्रम, बार्षिक अनुमानित बजेट सर्वसम्मत पारित गरेको छ ।

nera mabi laal
nijgadh-supermart-adz1200-630