skip this yams_Max_Hospital.jpeg

पत्रकार महासंघ बाराकाे नयाँ नेतृत्व सर्वसम्मत बनाउन सेन्टर र युनियनबिच सहकार्य

1.27K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाल पत्रकार महासंघकाे २७ ओैं महाधिवेशनबाट बारा शाखाकाे नयाँ नेतृत्व सर्वसम्मत बनाउन नेपाल प्रेस युनियन र प्रेस सेन्टरबिच सहमति भएको छ ।

युनियन बाराका अध्यक्ष श्यामबाबु यादव र सेन्टर बाराका अध्यक्ष रन्जन यादवले आइतबार तीन बुदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

युनियन र चाैतारीबिच केन्द्रदेखि नै सहकार्य गर्ने सहमति भएपछि युनियन बाराका अध्यक्ष यादवले जिल्लामा सक्रिय संगठनलाई समेत समेटेर सर्वसम्मत समिति बनाउने उदेश्यले सेन्टरसँग सहमति गरिएको हाे ।

युनियन र सेन्टर बिच भएको सहमति पत्रमा नेपाल पत्रकार महासंघ बारा शाखाकाे कार्यसमिति सर्वसम्मत बनाउने, साेकाेका लागि पहल गर्ने, प्रेस युनियन बाराकाे नेतृत्वमा सहकार्यमा रहेका संगठनकाे सम्मानजनक रुपमा पदाधिकारी र सदस्य पदमा बाडफाँड गर्ने उल्लेख छ ।

nijgadh-supermart-adz1200-630