साना किसान डुमरवाना बन्यो मधेस प्रदेशकै उत्कृष्ट कृषि सहकारी संस्था
वि.सं.२०८१ मंसिर ३० आइतवार ०९:५४

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित साना किसान कृषि सहकारी संस्था लि. डुमारवाना मधेस प्रदेशकै उत्कृष्ट कृषि सहकारी संस्था घोषित भएको छ ।
राष्ट्रिय सहकारी बैंकले बचत तथा ऋण बाहेकको कारोबार गर्ने उत्कृष्ट सहकारी संस्थाको रुपमा शनिबार पुरस्कृत गरेको हो ।
महोत्तरीको बर्दिबासमा आयोजित बैंकको २१ औं बार्षिक साधारण सभाको अवसरमा मधेस प्रदेशका प्रदेशसभा सभामुख राजकुमार मण्डलले संस्थाका अध्यक्ष प्रदिप बराललाई सम्मान–पत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा बैंकका मुख्य कार्यकारी अधिकृत बद्रिकुमार गुरागाई, सहकारी संस्थाका सञ्चालक ऋषि ढुंगाना, शान्ति तामाङ्ग, निमित्त मुख्य प्रवन्धक प्रकाश रिमाल, वरिष्ट प्रवन्धक राजेन्द्र जमकट्टेल लगायत सहभागि थिए ।
साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको साधारण सभा सम्पन्न

वि.सं.२०८१ मंसिर ३० आइतवार ०९:५४