skip this bagdve 29 th

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बनमा परेका छन्।

बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएसँगै लामिछाने निलम्बित भएका हुन्। निलम्बनमा परेसँगै अब लामिछानेले राष्ट्रिय टोलीबाट कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन्।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा रहने छैनन्। अर्को आदेशबाट सफाइ पाएको खण्डमा भने उनी राष्ट्रिय टोलीमा हुने छन्। अन्यथा उनले नेपालको जर्सीबाट खेल्न नपाउने चन्दको भनाइ छ।

सन्दीपलाई हुने सजायबारे पुस २५ गते टुंगो लाग्नेछ। अदालतले सजाय सुनाएमा लामिछानेले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक टी–२० आई सिरिजसँगै आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपसमेत गुमाउनेछन्।

लामिछाने ६ देखि १० वर्ष जेल जानसक्ने सम्भावना छ। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थासमेत छ।

लामिछानेले अब जेलबाहिरै रहेर पुनः उच्च अदालतमा मुद्दा लड्न पाउने छन्। उच्चबाट मुद्दा हारेमा सर्वोच्चसमेत जान पाउने छन्। त्यहाँ पनि मुद्दा हारेको खण्डमा भने अदालतको निर्णयअनुसार जेल जानु पर्नेछ।

nijgadh-supermart-adz1200-630